भाजपाको निम्तोमा शुक्रबार भारत जाँदै प्रचण्ड

काठमाडाैं | असार ३०, २०७९

भाजपाको निम्तोमा शुक्रबार भारत जाँदै प्रचण्ड

 

काठमाण्डौँ:   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन्।

 

शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।


राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए।

 

भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भारत जान लागेका छन्। भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारतको भ्रमणमा जान लागेको माओवादीका ती नेता बताउँछन्।


शुक्रबार दिउँसो करिब १ बजेतिर प्रचण्ड भारत प्रस्थान गर्ने कार्यक्रम छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्